धोबीखोलामा कार खस्यो, राति नै निकालियो

२०८१ फागुन ५ गते ७:२७

काठमाडौं । काठमाडौंको धोबीखोलामा खसेको कार राति नै निकालिएको छ । आइतबार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको थियो ।
बा २१ च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ । चालक सामान्य घाइते भएका छन् । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।
अनामनगर साइडतिरबाट करिडोरमा ओभर स्पिडमा आएको कार डिल नाघेर खोलामा खसेको बताइएको छ ।
खोलामा झरेको उक्त कारलाई ‘क्रेन’ को सहायताले निकालिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर