इपिएलमा लिग लिडर लिभरपुलको जित, फराकिलो बन्दै अग्रता – Nepal Press

इपिएलमा लिग लिडर लिभरपुलको जित, फराकिलो बन्दै अग्रता

हेटौंडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले पहिलो स्थानको अग्रता फराकिलो बनाउने क्रममा उल्भ्स विरुद्द जित दर्ता गरेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई २-१ ले पराजित गर्दै लिभरपुलले तालिकामा दोश्रो स्थानको आर्सनल भन्दा सात अङ्कको अग्रता कायम गरेको छ ।

लिभरपुलको जितमा कोलम्बियाली स्टार लुइस डियाज र इजिप्टियन महोमद सलाहले समान १\१ गोल गरे । उल्भल्सको तर्फबाट चुन्हाले एक गोल गरे ।

डियाजले खेलको १५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको ३७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सलाहले अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २-० ले अगाडि रहेको घरेलु टोलिले दोश्रो हाफमा भने एक गोलको सामना गर्नु परेको थियो । उल्भ्सका चुन्हाले ६७ औं मिनेटमा गोलगर्दै टिमलाई खेलमा फर्काउने कोशिष गरे तर त्यो बराबरीको लागि पनि पर्याप्त भएन र खेल लिभरपुलले जित्यो ।

एनफिल्डमा महत्वपुर्ण तीन अङ्क बटुलेको लिभरपुलले २५ औं चरणमा आईपुग्दा ६० अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा यथावत छ । समान खेलबाट दोश्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ भने तेश्रो स्थानको नटिङ्घम फरेस्टको ४७ तथा चौथो स्थानको म्यान्चेस्टर सिटीको ४४ अङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर