हाजिर गर्दै सांसद निस्किँदै , सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन – Nepal Press

हाजिर गर्दै सांसद निस्किँदै , सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन

प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो । ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले गणपुरक सङ्ख्या नपुगेको भनी गणना गर्न सभामुख देवराज घिमिरेलेसमक्ष आग्रह गरे ।

सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाई गणपुरक सङ्ख्या यकीन गर्न सचिवालयलाई निर्देशन दिए । सो प्रस्ताव निर्णायार्थ पेस गर्न गणपुरक सङ्ख्या ६९ हुनुपर्नेमा सांसद्को सङ्ख्या ६८ रहेकाले गणपुरक सङ्ख्या नपुग भएको जनाउँदै आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए । बैठकमा गृहमन्त्री रमेश लेखकले राखेको ‘नेपाल नागकिता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो ।

नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निणयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ५ गते अपराह्न १ बजे बस्नेछ ।


प्रतिक्रिया

One thought on “हाजिर गर्दै सांसद निस्किँदै , सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन

  1. अरूलाई अर्तिउपदेश बाँडने र यसो गर्छु उसो गर्छु भन्नेहरू आफ्नो न्यूनतम दायित्वबाट पन्छिएपछि समाजमा संदेश के जाला ? अनि हाजिर गरेपछि भत्ता पाक्ने कस्तो नियम हो ? अन्यत्र त बैठक बस्छ निर्णय गर्छ अनि मात्र भत्ता पाक्छ । हिजोको भत्ता ६८ साँसदलाई मात्र बाँडेर अरूलाई बन्द गरिदेउ सभामुख । यो त अराजकताको पराकाष्ठा भयो । बैठक हापेर कुनै कार्यक्रममा गएर वा पार्टी अफिसमा गएर वा चिया पसलमा बसेर अरूले वा सरकारले यसो गरेन उसो गरेन, त्यो खत्तम भन्ने त होला नि । हिजो बैठकमा नबसी भत्ता पकाउनेहरूलाई भ्रष्टाचारको मुद्दा चलाओैं किनकी कामै नगरी राज्यको पैसा खानु भ्रष्टाचार होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर