मेयरमाथि हातपात गर्न थालेपछि खाँदबारीका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

२०८१ फागुन ४ गते १९:५६

विराटनगर । सङ्खुवासभाको खादबारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।
खादबारी नगरपालिकाका मेयर महेश थपलियालाई कार्यकक्षमा हातपात गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष विमल गौतमलाई मेयरका स्वकीय सचिवले मेयरलाई भेट्न नदिएपछि हो हल्ला गरेका थिए ।
एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका गौतम आज मेयरलाई भेट्न नगरपालिका गएका थिए । उनलाई मेयरका स्वकीयले भेट्न रोक लगाएका थिए । भेट्न रोक लगाएपछि हो हल्ला गर्दै मेयर थपलियाको कार्यकक्षमा प्रवेश गरेपछि नगर प्रहरीले रोक्ने प्रयास गरेका थिए । नगर प्रहरीले पनि रोक्न नसकेपछि प्रहरी बोलाएर जिम्मा लगाएको मेयर महेश थपलियाले बताए ।
उनले भने कार्यालयमा आएर हो हल्ला र गाली बेइजत गरेपछि प्रहरीलाई जिम्मा लगाएको बताए । उनले वडाध्यक्षसहित अर्का वडा सदस्य टिकाराम कुमाल समेतले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको दाबी गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर