स्पाका नाममा ठमेलमा नाबालिकालाई यौन व्यवसायमा लगाउने सञ्चालक महिला पक्राउ – Nepal Press

स्पाका नाममा ठमेलमा नाबालिकालाई यौन व्यवसायमा लगाउने सञ्चालक महिला पक्राउ

काठमाडौं । स्पाका नाममा यौन व्यवसाय सञ्चालन गरेको पाइएको छ । स्पाका नाममा स्पा सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चाचलक महिलालाई मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

व्यूरोको टोलीले काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ स्थायी घर भएका ४१ वर्षका स्मृति भन्ने रमिला गौतमलाई पक्राउ गरिएको व्यूरोका सूचना अधिकारी
समेत रहेका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिलाले ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पामा ति बालिकालाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भन्दै काममा राखेकी थिइन् ।

ती नाबालिकालाई स्पामा मसाज गर्नका लागि आउने ग्राहकसँग जबरजस्ती बेश्याबृत्तिको काममा लगाएकी थिइन् । प्रहरी टोलीले बालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने गौतमलाई ठमेलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य जारी रहेको व्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर