बैंकको ब्याजदर एकल अंकमा झरेको छ, स्टार्टअपलाई राम्रो अवसर: प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

बैंकको ब्याजदर एकल अंकमा झरेको छ, स्टार्टअपलाई राम्रो अवसर: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको अवसर लिने समय आएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।

सांसद वर्षमान पुनले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर घटाउने नीति ल्याएसँगै बैंकहरुको ब्याजदर एकल अंकमा झरिसकेको छ । अब उद्योग, व्यापार र स्टार्टअपहरूका लागि राम्रो अवसर छ ।’

अहिलेको सरकार लगानी बढाउनमा नै केन्द्रित भइरहेकोसमेत प्रधानमन्त्री ओलीले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर