पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन – Nepal Press

पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

काठमाण्डौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका सीडीओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति बनाएका हुन् ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका एसपी) श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वाटरका एसपी सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्कीका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक सीडीओ गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ पनि रहने छन् ।

समितिले आइतबारदेखि नै घटनाको कारण खोजी आगामी दिनमा अपनाउनुपर्ने पूर्वशर्तकताको उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार भएको उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घाइते भएका थिए । दुवैजनाको अहिले कीर्तिपुर जलन उपचार केन्द्रमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर