महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका (भिडिओ) – Nepal Press

महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका (भिडिओ)

‘अब बहुदलीय जनवाद भनेर हामी अघि जान सक्दैनौं, महाधिवेशनको दस्तावेज प्रकाशनमा तलमाथि भए समस्या आउनेछ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले पार्टीको महाधिवेशनले पारित गरेका वैचारिक दस्तावेज प्रकाशनमा केन्द्रीय कार्यालयबाट तलमाथि हुनसक्ने आशंका गरेका छन् ।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनले पारित गरेका दस्ताबेज प्रकाशनको बेला तलमाथि भएमा समस्या आउने चेतावनी दिए ।

खनालले भने, ‘हामीले महाधिवेशनमा निकै संघर्ष गरेर, बहस छलफल गरेर,निकै विचार विमर्श गरेर पारित गरेको दस्तावेज प्रकाशन भइसकेको छैन । त्यो जस्ताको तस्तै प्रकाशित भएर आएपछि एकखालको वैचारिक कार्यदिशा हुन्छ । प्रकाशनको बेला तलमाथि भयो भने समस्या आउँछ । किनकी अब हामीले वैज्ञानिक समाजवादमा जाने हो । अब बहुदलीय जनवाद भनेर हुन्न, हामी त्यसबाट अघि बढिसकेका छौं । समाजवादका नाममा अरु फण्डाहरूको काम छैन ।’

सम्मानित नेता खनालले देशमा दलाल पुँजिवाद हावी भएकाले वैज्ञानिक समाजवादको कार्यदिशा आफूले लेखेको बताए । नेकपा एसको गत असारमा सम्पन्न महाधिवेशनमा खनालले समाजवादी कार्यदिशाको दस्तावेज पेश गरेका थिए । महाधिवेशनले पारित गरेको दस्तावेज जस्ताको तस्तै छापिनुपर्ने खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर