घनश्याम भुसालको दाबी- आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ (भिडिओ) – Nepal Press

घनश्याम भुसालको दाबी- आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ (भिडिओ)

‘एमाले र माओवादीले समाधान दिन सक्दैनन्, घमण्ड र हिनताबोध त्यागेर एक दिन उनीहरू नेकपा एसमै आउनेछन्’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले देशमा केही न केही हुने निश्चित रहेको बताए ।

भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू ! यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो ।’

महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे । उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनैपर्ने भन्दै उनीहरू घमण्ड र हिनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनैपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर