विचाराधीन विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने, अध्यादेशमा के भयो निर्णय ? – Nepal Press
सत्तारुढ सचेतकको बैठक

विचाराधीन विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने, अध्यादेशमा के भयो निर्णय ?

काठमाडौं । सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूको बैठकले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले निजामती, शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेकाले यी विधेयक दुवै हाउसबाट निष्कर्षमा पुर्‍याउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

अध्यादेशहरू भने केही समयपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । अहिले सांसदहरू उपत्यका बाहिर भएकाले साता/दश दिन लाग्ने उनको भनाइ छ । केही विषयमा परिमार्जन गर्दे असहमतिका बुँदाहरूलाई प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न सकिने घिमिरेले बताए ।

‘कोही सांसद कुम्भ मेला जानुभएको छ । कोही निर्वाचन क्षेत्रमा हुनुहुन्छ । ६ गते पेश गर्ने भन्ने कुरा थियो । तर, साता/दश दिनपछि लैजाने कुरा भयो’, घिमिरेले बैठकपछि सञ्चारकर्मीसँग भने ।

घिमिरेले अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको बताए ।

‘सहमतिको वातावरण बन्ने अवस्था छ । सत्ता पक्षको बेन्चमा हुनुन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । उहाँहरूको हैसियतअनुसारको डिमान्ड जायज हुन्’, घिमिरेको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर