उपप्रधानमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै

२०८१ फागुन ४ गते ९:०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न कीर्तिपुर जाने भएका छन् ।
राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न अहिले विहान १० बजे कीर्तिपुर जाने भएका हुन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर