उमरको ह्याट्रिकमा म्यानचेस्टर सिटीको फराकिलो जित


हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिइल) अन्तर्गत शनिवार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले न्युक्यासल युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।
सिटीको जितमा नायक बनेका उमर मार्मोशले खेलका ह्याट्रिक समेत गरे । उनले पहिलो हाफको १९, २३ र ३३ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
पहिलो हाफमा ३-० को अग्रतामा रहेको सिटीले दोस्रो हाफको ८४ औँ मिनेटमा जेम्स म्याएटीले गोल गरेपछि ४-० को सानदार जित निकाल्न सफल बन्यो ।
जितपछि २४ खेलबाट ४४ अंक सहित सिटी चौथो स्थानमा उक्लँदा न्युक्यासल भने समान खेलबाट ४१ अंक सहित सातौँ स्थानमा छ ।
प्रिमियर लिगमै गएराति भएको खेलमा तेस्रो स्थानको नटिघंम फरेस्टलाई फुलहमले २-१ गोलले पराजित गरेको छ भने बर्नमाउथले साउथह्याम्पन्टनलाई ३-१ गोलले पराजित गरेको छ ।
शनिवार राति नै भएको अन्य खेलहरुमा एर्भटनले क्रिष्टल प्यालेस, ब्राइटनले चेल्सी तथा बेनफर्डले वेस्टह्याम्पलाई पराजित गरेको छ ।