मेरिनो नायक बन्दा आर्सनलको जित


हेटौँडा । अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका माइकल मेरिनोले लगातार दुई गोल गरेपछि इङ्लिस प्रिमियर लिग (इपिएल)मा आर्सनलले सानदार जित दर्ता गरेको छ ।
स्पेनिस खेलाडी मेरिनोले मैदान गरेपश्चात् खेलको ८१ र ८७ औँ मिनेटमा गोल गर्दै लेस्टर सिटीलाई निराश बनाएपछि महत्त्वपूर्ण तीन अङ्क हासिल गर्दै पहिलो स्थानको आर्सनलसङ्गको अङ्क दूरी घटाएको छ ।
शनिवार राती लेस्टरको घरेलु मैदान किङ्ग पावर रंगशालामा भएको खेलमा बराबरी हुने अवस्थालाई उल्टाउँदै आर्सनल विजयी भएको हो ।
आफ्नो पहिलो रोजाइका स्ट्राइकर चोटिल भएपछि समस्यामा परेको आर्सनललाई उद्धार गर्दै मेरिनोले आफ्नो टिमलाई उपाधि होडमा थप सशक्त बनाउँदै दोस्रो स्थानमा थप मजबुत बनाए ।
जितपछि आर्सनलको २५ खेलबाट ५३ अङ्क पुगेको छ । अब उ एक खेल कम खेलेको लिभरपुल भन्दा चार अङ्क मात्र पछि छ ।
पराजित लेस्टर भने रेलिगेसन जोनमा संघर्षरत छ । उसको २५ खेलबाट १७ अङ्क पुगेको छ र तालिकाको अन्तिम स्थान भन्दा एक स्थान माथि मात्र छ ।