प्रेस चौतारी रुकुमपूर्वको अध्यक्षमा राजन गौतम


रुपन्देही । प्रेस चौतारी नेपाल रुकुम पूर्वमा राजन गौतमको अध्यक्षता नयाँ कार्य समिति चयन भएको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा हिमशिखर शाह, समावेशी उपाध्यक्षमा शारदा सुनार, सचिवमा सौगात गौतम, सहसचिवमा सुशील गौतम र प्रतिष्णा राजभण्डारी, कोषाध्यक्षमा कमल खड्का निर्विरोध चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रुपन खड्का, सशिका घर्ती, अनुपमा आचार्य, केन्द्रीय प्रतिनिधिमा महेश केसी, सोनालिजा गौतम र प्रदेश प्रतिनिधिमा माधव केसी र गरिमा गिरी चयन भएको केन्द्रीय सदस्य गणेश आचार्यले जनाएका छन् ।
योसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अधिवेशन सकिएको प्रेम चौतारीले जनाएको छ । प्रदेशको फागुन १७ गते अधिवेशन तयारी गरिएको प्रेस चौतारीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज प्रदीप आचार्यले बताए ।