राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुर्खेतमा नयाँ नेतृत्व चयन


सुर्खेत । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति सुर्खेतको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्णबहादुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मति चयन भएका पदाधिकारीहरूमा उपाध्यक्ष पदम बाह्रघरे र महिला उपाध्यक्ष अर्चना न्यौपाने चयन भए । यस्तै सचिव नवराज शर्मा, कोषाध्यक्ष सुशीला शाही, उपसचिव रेमकली नेपाली निर्वाचित भए ।
सदस्यहरूमा लोककुमारी खनाल, रविन थापा, गीता पौडेल, रामबहादुर रावत, डिल्ली सापकोटा, तयप्रसाद सिम्खडा, धनसराकुमारी पुलामी, यशोदा खत्री, थमन अधिकारी र पुनम बीसी चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई स्वास्थ्य सेवा तथा श्रमिक हक अधिकारका विषयमा प्रभावकारी भूमिका खेल्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुझाव दिएका छन् ।
अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले स्वास्थ्यकर्मीका पेशागत हित, सेवा प्रवाहको गुणस्तर सुधार र संघीयतापछिको स्वास्थ्य संरचनाका विषयमा आफ्नो भनाइ राखेका थिए ।