प्रलेस रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले निर्वाचित – Nepal Press

प्रलेस रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले निर्वाचित

रुपन्देही। प्रगतिशील लेखक संघ नेपाल रूपन्देहीको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षत्रयमा सुवास रिजाल, हिरालाल धामी र ज्ञानु केसी रहेका छन् ।

सचिवमा यज्ञलाल सुवेदी, सहसचिव गीतारानी बलाल थापा, कोषाध्यक्ष टेकराज लुसाल र सदस्यहरू माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हीरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गाउँलेले साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता जनाए ।

उनले प्रगतिशील स्रष्टा आकस्मिक उपचार अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै यसले साहित्यकारहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै नियमित दर्शन पाठशाला सञ्चालन, साहित्य महोत्सव आयोजना, साहित्यिक भ्रमण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय उपाध्यक्ष नमुना शर्माले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताइन् । संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले प्रगतिशील साहित्यको भूमिका र श्रमिक वर्गको चेतना अभिवृद्धिमा यसको प्रभावबारे प्रकाश पारे ।

रामचन्द्र भट्टराई, प्राज्ञ बूँद राना र दिल साहनीले साहित्यिक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिएको कार्यक्रममा पूर्वअध्यक्ष प्रदीप प्रधानले स्थापना गरेको ‘ज्योतिमान बुद्धिकुमारी प्रधान अक्षयकोष’बाट वरिष्ठ साहित्यकार तथा पूर्वअध्यक्ष देवेन्द्र घिमिरेलाई ‘प्रलेस सम्मान’ प्रदान गरिएको थियो।

संघको मुखपत्र ‘प्रलेस’ विमोचन गरिएको कार्यक्रममा प्राडा कपिलदेव लामिछाने, डा मुरारी पराजुली, यज्ञ गैरे, सुजित विक, लीलाबहादुर केसी, डिल्लीराज भट्टराई, डा अजित खनाललगायतले प्रलेसले सबै कम्युनिष्ट विचारधाराका लेखकहरुलाई गोलबन्द बनाउन सुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर