गलत आरोप र वक्तव्यबाजीले विकास अभियानमा कमी आउँदैन: एमाले प्यूठान


रुपन्देही । नेकपा एमाले प्यूठानले नेपाली कांग्रेसले पार्टीका पोलिटोयुरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाप्रति लक्षित गरेर सार्वजनिक गरेको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार आरोप लगाउने गैरराजनैतिक र अमर्यादित काम तत्काल बन्द गर्न आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष विजयविराज विष्टले शनिबार विज्ञप्ति जारी गर्दै सांसद थापामाथि आरोप लगाइएका तीन वटा विषयहरु र ती विषयलाई जनमानसमा भ्रम उत्पन्न गर्ने ढंगले प्रस्तुत गरिएकाले आफ्नो गम्भीर आपत्ति रहेको जनाएका छन् ।
उनले यसरी लगाइएका आरोप मैदानमा आएर प्रमाणित गर्न चुनौती दिँदै राजनीतिक संस्कार बनाएर अघि बढ्न चेतावनी दिएका छन् ।
अध्यक्ष विष्टले यसप्रकारको वक्तव्यबाजीले सांसद थापाले अघि बढाएको विकासको अभियानसम्बन्धी भूमिका कमजोर नहुने र देशको हितका लागि गरिएको कांग्रेस र एमालेबीचको सहकार्यमा कुनै कमी नहुने प्रस्ट पारे ।
उनले गलत गर्नेहरुलाई पार्टीले नै खबरदारी गरेर सच्चाउन कांग्रेसलाई सुझाएका छन् ।
धेरै कडा कुरा र अतिवाद जनतालाई मन पर्दैन है ।