माधव नेपालको दाबी– प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी– प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश आफूहरुले थन्काइदिएको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विपक्षीहरुसँग छलफल गरेरै नै सरकारले ल्याएको अध्यादेश रोकेको सुनाए ।

उनले भने, ‘हामीले राष्ट्रियसभा र प्रतिनिधिसभामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । अहिले केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ, झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस्, सबैलाई हामीले पहल गर्‍यौं सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौं । दुवैले सल्लाह गर्‍यौं । प्रचण्डजीले तपाईंले यसमा भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ ।’

अध्यादेश रोक्न नै संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौं भनेर भित्रभित्रै हस्ताक्षर गरेर तयारी गरेको पनि अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘कति कुरा प्रचार गरिँदैन । कतिपय कुरा भित्र तयारी गरिन्छ । हामीले बाहिर देखाएनौं ।’


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको दाबी– प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ (भिडिओ)

  1. देश र जनताको हितका लागि ल्याएको अध्यादेश अडकाईदिए भनेर दावि गर्नेको नियत के रहेछ बुझिएन अझै पनि ? यी केवल दिल्लीका भाडाका टट्टु हुन् । यिनलाई देश बनाउला, जनतालाई सुखी बनाउँला, देशलाई स्वावलम्बन बनाउँला भन्ने कुनै मतलव छैन । यिनीहरूलाई दिल्लीको निर्देशन अनुसार ओलिलाई काम गर्न नदिन पाए भयो ।नेकपा हुँदा पनि ओलिलाई पाईलै पिच्छे रोक्ने यिनै दिल्लीका भाडाका टट्टुहरू माओवादी र माधव नेपालहरू हुन् । अहिले पनि सुनौं त खेतालाहरूको कुरा । धिक्कार छ पहिले यस्तालाई पनि नेता मानिएछ भनेर ।यी भाडाका टट्टुहरू त ओलिको देब्रे खुट्टामा पनि सुहाउदैनन ।

  2. “Boli bikxa” hoina make. Samajbadi. Both aile political refuji ho. Ho ja diyo tehi basne. J diyo tehi khane. J J arayi tehi garne (Delhi) le. Das haru hun tehi garxan, malik le j vanxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर