ओली बाध्यताले यो संविधान स्वीकारेको भन्थे, पावरमा पुग्नासाथ च्यात्न खोज्दैछन्: प्रचण्ड (भिडिओ) – Nepal Press

ओली बाध्यताले यो संविधान स्वीकारेको भन्थे, पावरमा पुग्नासाथ च्यात्न खोज्दैछन्: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिमा पुगेपछि संविधान विघटन गर्ने गतिविधिमा केन्द्रित हुने गरेको आरोप लगाएका छन् ।

ओलीको गृहजिल्ला झापाको दमक पुगेका प्रचण्डले ओलीलाई समानुपातिक र समावेशिता मन नपरेको दाबी गरे ।

उनले आफूले सुशासन र सामाजिक न्यायका निम्ति चालेको अभियान दलालहरुलाई मन नपरेकै कारणले सरकारबाट हटाएको बताए ।

प्रचण्डले भने, ‘यहीका हाम्रा अहिलेका प्रधानमन्त्री केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन । के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्‍यो भनेका मान्छे हुन् । तपाईंहरुले यो कुरालाई विचार गर्नुहोला । उहाँ पावरमा पुगेपछि संविधान च्यात्न खोज्नुहुन्छ ।’

उनले कांग्रेस र एमाले रातारात असंवैधानिक ढंगले मिलेको भन्दै अब कसैसँग गठबन्धन नगरी आफ्नो वर्गमा फर्किने संकल्प गरेको बताए ।


प्रतिक्रिया

One thought on “ओली बाध्यताले यो संविधान स्वीकारेको भन्थे, पावरमा पुग्नासाथ च्यात्न खोज्दैछन्: प्रचण्ड (भिडिओ)

  1. चुप लाग दिल्लीका टट्टुहरू । ओलिको त खुट्टामा पनि सुहाउदैनौ तिमीहरू । दलालहरूलाई बोल्ने हिम्मत कसले दियो ? मोदीले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर