झलनाथको आरोप- ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो (भिडिओ) – Nepal Press

झलनाथको आरोप- ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ब्रम्हलुट मच्चाउन भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सरकारले वैज्ञानिक रुपमा भूमिसुधार गर्नुपर्नेमा गलत बाटोमा लागेको बताए ।

उनले भने, ‘हामीले दुई तिहाइ शक्ति ल्याएका थियौं, तर त्यो जोगाउन सकेनौं । दुई तिहाइले वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं । अहिले अध्यादेश ल्याएर ब्रम्हलुट मच्चाउन खोजिएको छ । भूमिसुधार गर्नुको सट्टा यो ब्रम्हलुटको अध्यादेश हो ।’

नेता खनालले विदेशीको कब्जामा रहेको भूमि फिर्ता गराउन सरकारले कुनै पहल नगरेकोप्रति आपत्ति जनाए । सरकार भूमि फिर्ता गर्ने बाटो छाडेर नीति, राष्ट्रियताविरोध निर्णय र सम्झौता गर्नमा केन्द्रित रहेको उनले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर