अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै (भिडिओ)

२०८१ फागुन ३ गते १४:४७

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याइँदैछ ।
थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याउन लागिएको हो ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर