पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पाेखराका मेयर घाइते, अस्पताल लगियो (भिडिओ)

२०८१ फागुन ३ गते १३:३४

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खाेज्दा बेलुन आगाेकाे झिल्काले भेटेर पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
अर्थमन्त्री पाैडेलले पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएकाे हाे । ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे । साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।
मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरुकाे गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । अर्थमन्त्री पाैडेल आजै काठमाडौं आउने कार्यक्रम रहेकाे उनकाे सचिवालयले जनाएकाे छ।
प्रतिक्रिया
सम्बन्धित खवर