सत्ता पक्षीय दलको बैठक बालुवाटारमा बस्दै


काठमाडौं । सत्ता पक्षीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा अध्यादेशलगायतकाे विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । आजकाे सता पक्षीय दलकाे बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएकाे छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेकाे थियाे ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी भएका थिए ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल गरिएकाे थियाे ।