श्रमबारे बुद्ध र मार्क्सदेखि वेद र भगवद्गीतासम्म

मानिसको शारीरिक र मानसिक क्रियाकलापलाई श्रम भनिन्छ । अर्थतन्त्रमा कुनै वस्तु वा सेवा सिर्जना गर्न गरिने प्रयासलाई श्रम मानिन्छ । उत्पादनका साधनहरू जस्तैः जमिन, प्रविधि र पुँजी सधैं निष्क्रिय हुन्छन्, तर श्रम भने सधैं सक्रिय रहन्छ । त्यसैले अर्थाशास्त्रमा श्रमलाई उत्पादनको सर्वाधिक महत्वपूर्ण साधन मानिन्छ । बृहत् नेपाली शब्दकोशले श्रमलाई जीविकोपार्जन वा वस्तु निर्माणका लागि गरिने शारीरिक वा बौद्धिक प्रयास भनी परिभाषित गरेको छ । श्रमको मूल उद्देश्य उत्पादन नै हो, चाहे त्यो कायिक होस् वा मानसिक । शारीरिक श्रममा सीपयुक्त र सीपविहीन दुवै पर्दछन् । सीप नभएकाहरूले कठिन परिश्रम गर्दा पनि न्यून पारिश्रमिक पाउँछन् । त्यसैले सीपको विकास मानव समुदायको निम्ति अत्यन्त महत्वपूर्ण छ ।
श्रमको सम्मान भन्ने विषय एउटा गहन दार्शनिक अवधारणा हो । यसले हरेक प्रकारको कामको मूल्य र महत्वलाई गहिराइमा बुझ्ने प्रयास गर्दछ । यस अवधारणामा दुईवटा मौलिक पक्षहरू समाहित छन् । पहिलो पक्षले सबै पेशा र कामको समान महत्व र मर्यादालाई जोड दिन्छ । चाहे त्यो किसानको खेतबारीको काम होस् वा वैज्ञानिकको प्रयोगशालाको अनुसन्धान, सबै कामको आआफ्नै महत्व र गरिमा हुन्छ भन्ने मान्यता यसले राख्दछ । दोस्रो पक्षले श्रमको एउटा विशिष्ट परिभाषा प्रस्तुत गर्दछ, जसले श्रमलाई केवल आर्थिक क्रियाकलापको रूपमा मात्र नभई मानवीय गरिमा र जीवनको उद्देश्यसँग जोडेर हेर्छ । यसले श्रमको सामाजिक र नैतिक पक्षलाई उजागर गर्दै श्रमलाई मानव जीवनको एक अभिन्न र सार्थक पक्षको रूपमा व्याख्या गर्दछ । यसरी श्रमको सम्मान भन्ने अवधारणाले एकातिर सबै प्रकारका कामको समान मूल्य स्थापित गर्छ भने अर्कोतिर श्रमलाई मानवीय गरिमा र जीवनको उच्च उद्देश्यसँग जोडेर हेर्ने गहन दृष्टिकोण प्रस्तुत गर्दछ ।
कार्ल मार्क्सका अनुसार ‘श्रम मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो’ । उनले श्रमलाई मानिसको स्वतन्त्र र सृजनात्मक क्रियाकलापको रूपमा व्याख्या गरेका छन् । माक्र्सले भनेका छन् कि ‘श्रमले नै मानिसलाई प्रकृतिसँग जोड्छ र उसको वास्तविक क्षमताको विकास गर्छ’ । श्रमिकको श्रमले वास्तविक मूल्य र सम्मान पाएन भने श्रमिक आफ्नो श्रमबाट बिमुख हुने कुरा उनले बताएका छन् । मार्क्सका अनुसार श्रमिकले आफ्नो श्रममाथि पूर्ण नियन्त्रण पाएपछि मात्र श्रमको वास्तविक सम्मान हुन्छ र श्रमिकले आफ्नो मानवीय क्षमताको पूर्ण विकास गर्नसक्छ । उनले श्रमको वास्तविक सम्मान श्रमिकहरूले श्रमको पूरा मूल्य पाएपछि र समाजमा उनीहरूको योगदानको उचित कदर भएपछि मात्र हुने बताएका छन् ।
श्रमको एउटा विशिष्ट परिभाषा प्रस्तुत गर्दछ, जसले श्रमलाई केवल आर्थिक क्रियाकलापको रूपमा मात्र नभई मानवीय गरिमा र जीवनको उद्देश्यसँग जोडेर हेर्छ । यसले श्रमको सामाजिक र नैतिक पक्षलाई उजागर गर्दै श्रमलाई मानव जीवनको एक अभिन्न र सार्थक पक्षको रूपमा व्याख्या गर्दछ ।
आधारभूत श्रमको परिभाषाले सबै प्रकारका कामहरू चाहे बौद्धिक होस् अथवा शारीरिक, समान सम्मान र मान्यताको हकदार छन् भन्ने कुरामा जोड दिन्छ । यो सिद्धान्तले कामको स्थिति वा पुरस्कारमा आधारित पेशाहरूको कुनै पनि वर्णानुक्रमलाई अस्वीकार गर्दछ । यसको विपरीत कुनै पनि काम स्वाभाविक रूपमा उच्च वा निम्न हुँदैन भन्ने कुरामा जोड दिन्छ । हरेक प्रकारको कामले समाजमा योगदान पुर्याउँछ । चाहे त्यो ज्ञान दिने शिक्षक होस्, चिकित्सक होस्, खाद्यान्न उत्पादन गर्ने किसान होस् वा सार्वजनिक स्वास्थ्य उच्च राख्न हरेक दिन सरसफाइको निम्ति खटिने कर्मचारी होस्, सबैले समाजमा समान रूपमा योगदान पुर्याइरहेका हुन्छन् । प्रत्येक श्रम गर्ने श्रमिकको भूमिका आआफ्नो स्थानमा प्रशंसनीय हुन्छ ।
समतावादी दृष्टिकोणले व्यक्तिहरूको पेसा जे भए पनि उनीहरूबीच पारस्परिक सम्मान बढाएर सामाजिक एकता बढाउँछ । यस विचारले केही कामहरूलाई कम मूल्याङ्कन गर्ने समाजमा व्याप्त रहेका पूर्वाग्रहहरूलाई ठाडो चुनौती दिनुको साथै हरेक योगदानलाई समान रूपमा मूल्यवान मानिने समावेशी मानसिकताको वकालत गर्दछ । श्रमको सम्मान गर्ने दृष्टिकोणले व्यक्तिहरूको मात्र उत्थान गर्दैन, यसले विविध पेशाहरूको अन्तरसम्बन्ध र अन्तरनिर्भरतालाई पहिचान गरेर सिङ्गो मानव समुदायलाई समेत दह्रो बनाउँछ ।
श्रमको सामाजिक प्रभाव बाहेक, यसको गरिमाले धार्मिक र नैतिक क्षेत्रमा समेत ओजिलो महत्व राख्दछ । हिन्दू सनातन धर्ममा कामको अवधारणाले गहिरो आध्यात्मिक, नैतिक र व्यावहारिक महत्त्व राखेको पाइन्छ । वेद, उपनिषद् र भगवद्गीता जस्ता प्राचीन धर्मग्रन्थहरूमा श्रमको सम्मानले गहिरो छाप छोडेको छ । यी शास्त्रहरूमा भएका व्याख्याले कामलाई केवल जीविकोपार्जनको साधनको रूपमा मात्र नहेरी आध्यात्मिक वृद्धि र जीवन पूर्णताको मार्गको रूपमा श्रमलाई दर्शाएको पाइन्छ । सनातन दर्शनले असल मनोवृत्तिले गरिएको कामलाई पूजा मानेको छ ।
सनातन दर्शनका परम गुरु योगस्वामी जस्ता ऋषिहरूको शिक्षाअनुसार हरेक कार्य चाहे त्यो सामान्य होस् वा महत्वपूर्ण होस्, निःस्वार्थ भावना र समर्पणका साथ गरिएको छ भने यसले आध्यात्मिक उचाइमा पुर्याउन मद्दत गर्छ भनेका छन् । भगवद्गीतामा भएको कर्मयोगले कामलाई मुक्तिको एक मार्ग हो भनेको छ । कर्मयोगले मानिसलाई परिणामप्रति आसक्ति नराखी आफ्नो कर्तव्य पूरा गर्न तथा प्रत्येक कामलाई ईश्वरमा अर्पण गर्न प्रेरित गर्दछ । उदाहरणका लागि एक किसानले जमिनमा आफ्नो निम्तिमात्र बाली उब्जाउँदैन, उसले उब्जनी भएको बाली समाजमा योगदान गरेर आफ्नो कर्तव्य पनि पूरा गर्छ ।
मार्क्सका अनुसार श्रमिकले आफ्नो श्रममाथि पूर्ण नियन्त्रण पाएपछि मात्र श्रमको वास्तविक सम्मान हुन्छ र श्रमिकले आफ्नो मानवीय क्षमताको पूर्ण विकास गर्नसक्छ ।
बौद्ध धर्मले पनि श्रमको सम्मानको बारेमा महत्वपूर्ण शिक्षा दिएको छ । बौद्ध धर्मले कुनै पनि कामलाई तुच्छ वा घृणित मान्दैन । गौतमबुद्धले सबै प्रकारका श्रमको महत्व र यसको गरिमालाई स्वीकार गरेका छन् । उनले भनेका छन् कि काम गर्नु नै जीवनको सार हो र यो मोक्ष प्राप्तिको एउटा माध्यम पनि हो । बौद्ध दर्शनमा ‘सम्माआजीव’ (सम्यक आजीविका) को अवधारणा छ, जसले इमानदार र नैतिक तरिकाले गरिने सबै कामलाई श्रेष्ठ मान्छ । बौद्ध धर्मका अनुसार ‘कुनै पनि काम सानो वा ठूलो हुँदैन, बरु त्यो काम कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ ।
बुद्धले श्रमलाई आत्मशुद्धिको एक माध्यमको रूपमा पनि हेरेका छन् । उनका अनुसार ‘इमानदारीपूर्वक गरिने श्रमले मानिसको चरित्र निर्माण गर्छ र उसलाई आध्यात्मिक उन्नतितर्फ डोर्याउँछ’ । बौद्ध धर्मले श्रमिकको शोषणको विरोध गर्दै उचित पारिश्रमिक र सम्मानजनक व्यवहारको पक्षमा वकालत गरेको छ । यसले श्रमिक र मालिकबीचको सम्बन्धलाई पारस्परिक सम्मान र सहयोगमा आधारित हुनुपर्ने कुरामा जोड दिएको छ ।
श्रमको सम्मानको दृष्टिकोणले समाजलाई सबै प्रकारका कामलाई पवित्र मान्न सिकाउँदै उनीहरूको आध्यात्मिक यात्राको अभिन्न अंगको रूपमा हेर्न प्रोत्साहित गर्दछ । घर बनाउने श्रमिक होस् वा विद्यार्थीहरूलाई पढाउने विद्वान्, सनातनीशास्त्रमा हरेक कार्यलाई मानवताको सेवा गर्ने तथा दैवी सृष्टिको सम्मान गर्ने अवसरको रूपमा हेरिन्छ । कर्मयोगका सिद्धान्तहरूमार्फत दैनिक कार्यहरूमा आध्यात्मिकतालाई एकीकृत गरेर, सनातनी दर्शनले कामलाई एक पवित्र अभ्यासमा रूपान्तरण गर्दै व्यक्ति र समाज दुवैको उत्थान गर्ने अवधारणा प्रस्तुत गरेको पाइन्छ ।
श्रम मानव समाजको मूल आधार हो । यसैबाट आर्थिक समृद्धि र सामाजिक विकासको यात्रा सुरु हुन्छ । अर्थशास्त्रमा श्रम विभाजनको सिद्धान्तले समाजलाई थप समृद्ध र सक्षम बनाउने मान्यता राख्दछ । मानिसका सपनाहरू साकार पार्ने एकमात्र माध्यम भनेकै परिश्रम हो । आजको विश्वमा देखिएको प्रगति र विकासको मूलस्रोत पनि श्रम नै हो ।
बुद्धले श्रमलाई आत्मशुद्धिको एक माध्यमको रूपमा पनि हेरेका छन् । उनका अनुसार ‘इमानदारीपूर्वक गरिने श्रमले मानिसको चरित्र निर्माण गर्छ र उसलाई आध्यात्मिक उन्नतितर्फ डोर्याउँछ’ ।
काम मानिसको प्रतिष्ठासँग जोडिएको हुन्छ । कामले नै व्यक्तिलाई सम्मानित र मर्यादित बनाउँछ । यसैले पनि काम कति महत्वपूर्ण र गरिमामय विषय हो भन्ने सहजै बुझ्न सकिन्छ । हाम्रो समाजमा परिश्रमी, इमानदार र सिर्जनशील श्रमको संस्कृति विकास गर्न सकेमात्र समग्र विकासको मार्गप्रशस्त हुन्छ । श्रमप्रतिको सकारात्मक दृष्टिकोण र श्रमिकप्रतिको सम्मानले नै समाजलाई उन्नतिको शिखरमा पुर्याउन सक्छ । श्रम नै जीवनको सार हो र यसैमा मानव समाजको भविष्य निहित छ ।
समाजको हरेक व्यक्तिले आआफ्नो क्षेत्रमा गर्ने परिश्रमले नै राष्ट्र निर्माणको महान यात्रामा योगदान पुर्याउँछ । त्यसैले श्रमको महत्व बुझ्दै, श्रमप्रति सम्मान गर्दै र श्रममा आधारित समाज निर्माण गर्दै जानु आजको अपरिहार्य आवश्यकता हो । यसरीमात्र हामी समृद्ध र सुखी समाजको निर्माण गर्न सक्छौं । वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भनेको श्रमको सम्मान गर्दै यसको उत्पादकत्व बढाउनु हो । यसका लागि सर्वप्रथम देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्छ । कामको स्तर वा प्रकृतिका आधारमा भेदभाव गर्ने पुरानो मानसिकतामा परिवर्तन ल्याउनुपर्दछ ।
प्रत्येक स्थानीय तहमा त्यहाँको आवश्यकताअनुरूपको सीप र दक्षताको पहिचान गरिनुपर्छ । यसरी पहिचान गरिएका क्षेत्रमा सीप विकासका कार्यक्रमहरू सञ्चालन गरी स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्छ । यस्ता कार्यक्रमहरूलाई राष्ट्रिय नीति र कार्यक्रमको रूपमा अघि बढाउनु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘हरेक नागरिकले आफ्नो योग्यता र क्षमताअनुसारको काम गर्ने अवसर पाउनुपर्छ’ । अपमान वा निराशाको कारण विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । देशभित्रै सम्मानजनक रोजगारीको वातावरण सिर्जना गरेरमात्र हामी श्रमको वास्तविक सम्मान गर्न सक्छौं र राष्ट्रको समृद्धिको यात्रालाई तीव्रता दिन सक्छौं ।