सुदूरपश्चिमको नीति आयोगले पायो पूर्णता, थपिए दुई सदस्य – Nepal Press

सुदूरपश्चिमको नीति आयोगले पायो पूर्णता, थपिए दुई सदस्य

कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले पूर्णता पाएको छ । यसअघि सम्म तीन सदस्यीय रहेको आयोग यस पटकदेखि पाँच सदस्यीय बनाइएको हो । आज दुई सदस्य नियुक्त पछि आयोग पूर्ण भएको हो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले नृपबहादुर सुनार र कर्णबहादुर कुँवरलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सुनार नेपाली कांग्रेस तथा कुँवर नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका हुन् । सुनार कांग्रेस जिल्ला सचिव हुन् भने कुँवर एमाले प्रदेश सचिवालय सदस्य हुन् ।

नवनियुक्त सदस्यहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

यसअघि उपाध्यक्षमा राना तथा सदस्यहरूमा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भइसकेका छन् । राना र भण्डारी कांग्रेस कोटाबाट उपाध्यक्ष र सदस्य नियुक्त हुँदा चन्द नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर