राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक – Nepal Press

राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

रुपन्देही । राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ ।

बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा  निधन भएको हो ।

चाँदनी मिस युनिभर्स २०२३ बिजेता जेनी दीपिका ग्यारेट, ज्योतिका ग्यारेट र जोसाय ग्यारेटकी आमा हुन् ।

अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दीपकको रुपन्देही घर भएपनि अहिले काठमाडाैंमै बसेका छन् ।

अहिले जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाडाै‌ं बालुबाटारमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको दीपकका निजी सचिव शंकर खत्रीले जानकारी दिएका छन् । उनको शनिबार  साँझ ४.३० बजे पशुपति आर्यघाट बिद्युत शबदाह गृहमा गरिनेछ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *