विराटनगरमा शोरुमबाट कार चोर्ने पक्राउ


विराटनगर । फोक्स बगान कम्पनीको विराटनगरमा रहेको शोरुमबाट नयाँ कार चोरी गर्ने पक्राउ परेका छन् । विराटनगरको बरगाक्षी स्थित कारको सो रुमबाट नयाँ कार चोरी गरेको आरोपमा सन्तोष कुमार बिन पक्राउ परेका हुन् । ।
पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट अनटेस्ट कार चोरी गर्ने बिनाई पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार सन्तोषले राति २ बजेतिर मुख्य गेट खोलेर कार चोरी गरेका थिए । उनले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेका थिए ।
उक्त कारको मूल्य ८० लाखभन्दा बढी पर्ने जानकारी सोरुमले प्रहरीलाई दिएको छ । सोरुमबाट चोरी भएको रातो रङ्गको कार सुनसरीको गढी गाउँपालिकामा फेला परेको छ ।