कांग्रेस र एमाले थ्रेसहोल्ड बढाएर साना पार्टीलाई बढार्नुपर्छ भन्दैछन्: झलनाथ खनाल (भिडिओ)
ओलीले संसद विघटन गरेदेखि देशमा राजनीतिक अस्थिरता बढेको टिप्पणी


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीले संसद विघटन गरेदेखि देशमा राजनीतिक अस्थिरता भएको दाबी गरेका छन्।
पार्टीनिकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै दुईवटा हात्तिजस्ता पार्टी सरकारमा रहेको टिप्पणी गरे।
उनले भने, ‘सरकारमा भएकाहरुले साना पार्टीहरुको कामै छैन भन्छन्। साना पार्टीकै कारणले अस्थिरता आएको हो। त्यसैले यीनिहरुको कामै छैन भन्दैछन्। थ्रेसहोल्डलाई पनि बढाइदिएर यतिहरुलाई बढार्नुपर्छ भन्ने मान्यता देखिएको छ। तर, त्यो हुत्ति राख्ने पार्टी हुन् भन्ने मलाई लाग्दैन। तर त्यही उद्देश्यले अगाडि बढ्न खोजेको देखिन्छ।’
उनले दुई ठूला पार्टीले सरकार लिने बेलामा मध्यरातमा व्यापारिको घरमा गएर बनेकाले कुनै पवित्र उद्देश्यले नबनेको दाबी गरे। उनले सात बुँदे सहमति गरेको भनेपनि अहिलेसम्म सार्वजनिक गर्न नसकेको बताए।