शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा बैकुण्ठ मानन्धर नियुक्त – Nepal Press

शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा बैकुण्ठ मानन्धर नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ । फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दूतमा नियुक्त गरिएको हो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् ।

उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना बताएका छन् ।
रन टु साइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौं ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक www.srdb.com.np मा गई अथवा सिधै https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर २०८१ फागुन ९ दिउँसो १२ः०० बज सम्म नाम दर्ता गर्न सकिने र दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रीय कार्यालयमा पुगेर समापन हुने जानकारी गराएको छ ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ ।

प्रतियोगितामा खुल्ला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथीको गरि तिन विधा रहेका छन् ।

लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रुपन्देही जिल्ला) का नागरिकता भएका धावकहरूले मात्र स्थानीय क्याटेगरीहरूमा सहभागी हुन पाउनेछन् ।

लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीहरूमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्ने छ ।

प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गर्दै आएको छ ।

त्यसैको निरन्तरता स्वरुपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्य सहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेका छौं ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले स्वीकृति प्रदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *