मन्त्रालयसँगै छैन सहकारीको यकिन तथ्यांक: सचिवसामु मन्त्रीले भने- अनि आउँदैन त संकट ! (भिडिओ)
‘सहकारी दर्ता कति छन्, समस्यामा कति छन् कतै आधिकारिक रेकर्ड छैन, अनि आउँदैन त संकट’

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले विभागीय मन्त्रालयका सचिव, सहकारी बोर्डका अधिकारी तथा सहकारीको नेतृत्वलाई राखेर देशभरको सहकारीको दर्ता संख्या, संकटमा परेका सहकारीको संख्याबारे कुनै आधिकारिक तथ्यांक नदिएको भन्दै सार्वजनिक समारोहमै आपत्ति जनाएका छन् ।
मन्त्रालयले शुक्रबार बुटवलमा आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा प्रमुख अतिथि रहेका उनले यो प्रश्न गर्दा अतिथि दीर्घामै रहेका मन्त्रालयका सचिव अर्जुन पोखरेलसहित सहकारी विभागका अधिकारीहरु आश्चर्यमा परेका थिए ।
‘अहिलेसम्म दर्ता भएका सहकारी कति हुन्, कहिले ३१ हजार ४ सय भन्ने आउँछ, कहिले ३ सय भन्ने आउँछ, कतिले ३२ भनेको सुनेको छु, यस्तो पनि हुन्छ ? दर्ता भएकै संख्या त हामीले पत्तो लगाउन यो समस्या छ अनि संकटमा परेका सहकारीको संख्या कसरी पत्तो लाग्छ ? र समाधान कसरी हुन्छ’ उनले भने–‘यति ठूलो मेकानिजम छ, यति धेरै सफ्टवेयर बनेका छन्, यति धेरै खर्च भएको छ, यस्ता तथ्यांक त आधिकारिक सबैले एकै भन्नुपर्यो नि, संघ, प्रदेश अनि स्थायी तीनै तहमा संरचना भएको अवस्थामा पनि यस्तो अवस्थाले कसरी कार्यसम्पादन हुन्छ ?’
‘हाम्रो च्यानल छ, राष्ट्रिय सहकारीको च्यानल छ, नेफ्स्कुनको च्यानल छ, यति ठूलो संरचना रहेको बेला पनि डाटा नआउने किन ? हरेक वर्ष नवीकरण भए नभएको पनि अपडेट नहुने भयो नि यस्तो तरिकाले त यसले सही र खराब छुट्टाउनै नसकिने भयो, अब यसो गरेर हुँदैन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ आधिकारिक तथ्यांकका लागि’, उनले भने, ‘अहिले भएको सहकारीको संख्या पनि बढी भयो भन्ने छ अब यसमा पनि ध्यान जाओस्, अब गलत भएकोलाई तत्काल हटाऔं, सर्वसाधारणको पहुँच भएको सहकारीलाई बचाऔं ।’
यति भनिसकेपछि मन्त्री अधिकारीले सहकारी क्षेत्रमा समस्या भएको स्वीकार सहकारीमा अहिले देखिएका समस्या सल्टाउनका लागि अध्यादेश ल्याएको बताएका छन् ।
उनले केही सहकारीमा समस्या आएकाले समग्र सहकारी नै गलत भएको जसरी भास्य बनाइएको भन्दै यसका लागि सचेतना जगाउने सबै सहकारी अभियान्ताको भएको बताएका हुन् । बोल्दै मन्त्री अधिकारीले अहिले सहकारीमाथि उठेका भ्रमु चिर्नु अनिवार्य रहेको बताए ।
‘अहिले दुई खाले भ्रम पारिएको छ पहिलो सहकारीबाट लगेको रकम तिर्नुपर्दै भन्ने र अर्को सहकारीमा किन बचत गर्ने भन्ने’ उनले भने–‘देशैभरका ३१ हजार ४ सय सहकारीले एकैपटक यसका विरुद्ध सचेतना अभियान चलाउनुपर्दछ, धेरै सहकारीले गरेका अधिकांश सकारात्मक काम ओझेलमा पारेर केही सहकारी गरेका गलत कामको प्रचार बढी भयो ।’
मन्त्री अधिकारीले सहकारी टगी गरेका कारण अहिले पनि कतिले सजाय पाइरहेको, सरकारको नियमनकै कारण धेरै पीडितको रकम फिर्ता भएको र अरु पनि प्रकृयामा रहेको विषयलाई बाहिर नल्याएर खाली रकम ठगे भन्ने मात्रै विषयले बढी चर्चा पाएर समस्या भएको बताए ।
उनले सहकारीमा देखिएका समस्या तत्काल समाधान गर्नका लागि अध्यादेश आएको बताउँदै यसमा सहजीकरण गर्नका लागि आग्रह गरे् ।
उनले सहकारीको प्रणालीलाई अपनाउने र यसको विधिमा रहेर चलेका सहकारीमा कुनै समस्या नभएको र उद्देश्य विपरीत चलेका र चलाउन खोजिएका केही सहकारीले गरेको बदमासीले सबैलाई समस्या पारेको बताउँदै त्यसलाई चिर्नेगरी सरकारले तीनै तहका संरचनामार्फत काम गरिरहेको बताए ।
सहकारी वेस हो, गाउँछिमेकमा पुग्ने सहकारी हो, नागरिकको प्रत्यक्ष पहुँच भएको क्षेत्र हो सहकारी तर स्वनियमकारी निकायको नाममा सहकारी खुकुलो बनाऔं, सीमित व्यक्तिको हातमा जिम्मा लगायौं, समस्या यहीनिर हो, सबै कागज मिलाएर ऋण लिएको धेरै भसटएका छन्, कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन पोखरेलले केही सहकारीमा समस्या आएको सत्य भएको तर सबै सहकारी एकै हुन् सबै ठगीका लागि आएका हुन् भन्नेखालका अफवाह रोक्नुपर्ने धारणा राखे ।
‘सरकारले गलत काम गर्नेहरुको नियमन कडाई गरिरहेको छ, सहकारीलाई कहाँ पुराउने भन्ने जिम्मेवारी संचालक समितिकै हुन्छ, त्यसको विशेष ख्याल गरिनुपर्दछ, ठगी गर्नेहरुले सुरुमा कानुन मिलाएरै समस्यामा पार्न खोजेका हुनछन् र समस्या परेपछि मात्रै बाहिर आउँछ, संचालक समितिमा स्वार्थ रहित मान्छे बसेमा कुनै समस्या पर्दैन’, उनले भने, ‘सहकारीबिना राष्ट्रिय अर्थतन्त्र बलियो बन्न सक्दैन, यसमा आउने समस्या समाधान गरेर जाने हो सबै मिलेर, गलत गर्नेहरुको पहिचान गरौं सहकारीबाटै स्थानीय स्तरमा धेरै सकारात्मक अभियान चलेका छन् त्यसको प्रचार गर्रौ ।’