सात दिने ओमानको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा – Nepal Press

सात दिने ओमानको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् ।

सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् ।

ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ ।

सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर