धुलिखेल अस्पताल र एपीएफबीच उपचारमा छुटसम्बन्धी सम्झौता


काभ्रे । धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरबीच उपचार सेवामा शुल्क छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरको उपस्थितिमा भएको उक्त सम्झौताअनुसार एपीएफका बहालवाला तथा अवकास प्राप्त कर्मचारी तथा आश्रित परिवार र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा छुट हुनेछ ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, १५ नम्बर गण हेडक्वार्टरका गणपति प्रेम प्रसाई र धुलिखेल अस्पतालको तर्फबाट प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
सेवा लिनका लागि सम्झौताबमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित कागजात पेस गर्नुपर्ने गणका सूचना अधिकारी लीलाबहादुर कार्कीले बताए । सम्झौताअनुसार विभिन्न शीर्षकमा निम्न बमोजिमका सेवामा छुट सुविधा प्राप्त गर्नेछ ।