एन्टारटिक बिस्कुटले गैरकानूनी ढंगले कर्मचारी निष्कालेको भन्दै श्रमिक आन्दोलित – Nepal Press

एन्टारटिक बिस्कुटले गैरकानूनी ढंगले कर्मचारी निष्कालेको भन्दै श्रमिक आन्दोलित

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टारटिक बिस्कुट उद्योगले अनुचित कार्य गरेको भन्दै श्रमिकहरु विरोधमा उत्रिएका छन । बिहीवार बिहान हेटौंडा उपमहानगरपालिका–८ मा रहेको उद्योगले गरेको अनुचित श्रम अभ्यासविरुद्धमा उधोग परिसरमा कालो झन्डा देखाएर गेट अगाडि करिब १ घण्टा श्रमिकहरु धर्ना बसेका हुन ।

समग्र उद्योग ट्रेड यूनियन नेपाल मकवानपुरका अध्यक्ष केशव प्रसाद अधिकारीका अनुसार उद्योगले बिना कारण गत २८ गते र २९ गते गरि १३ जना नियमित रुपमा काम गर्दै आइरहेका श्रमिकलाई गैरकानूनी ढंगले निष्काशन गरेको बताए । यसरी उधोगले श्रमिकको मौलिक हक हनन गर्न पाइदैन । गैरकानूनी तरिकाबाट निष्काशनमा परेका श्रमिकहरुलाई पुनर्वहाली गर्नुपर्ने उनीहरुको माग छ ।

ट्रेड युनियन मकवानपुरले आफ्ना मागहरु पूरा नभएसम्म चरणबद्ध किसिमले आन्दोलन गर्ने भन्दै आन्दोलनको कार्यक्रमहरु घोषणासमेत गरेको छ । युनियनले आज देखि सुरु भएको विरोधको कार्यक्रम आगामी ६ गतेसम्म नियमितरुपमा बिहान ८ बजे देखि ९ बजेसम्म कालोपट्टी बाँधेर उद्योग परिसरमा विरोधको गर्ने जनाएको छ ।

यस्तै, आउँदो ७ गते जिफन्ट नेपालका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको उपस्थितमा उधोगको परिसर अगाडी बृहत बिरोधको कार्यक्रम गर्ने समेत अध्यक्ष अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर