बुधवारदेखि बझाङको सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणमा कठिनाइ


बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासस्थित महिला कचहरीकोट सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो रातिदेखि फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
हिजोदेखि लागेको आगो निभाउने प्रयास जारी छ, गाउँ तिर आगो सारेको छैन जंगलतिर दन्किएको छ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले भने, ‘स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समिति र प्रहरी आगो निभाउने प्रयासमा जुटिरहेका छन् । तर, दुर्गम भेग, पानीको अभाव र आगो तीव्र रूपमा फैलिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ ।’
हालसम्म आगलागी कसरी र किन भएको भन्ने खुल्न नसकेको स्थानीय नविना सिंहले बताइन् । स्थानीयहरूले मानवीय लापरबाही वा नियोजित रुपमा आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर, घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
आगोले विशाल भएको हुँदा आगो नियन्त्रण चुनौती थपिएको छ । यदि आगलागी चाँडै नियन्त्रण गर्न सकिएन भने वन्यजन्तुको बासस्थान नष्ट हुने, जैविक विविधतामा ठूलो असर पर्ने र स्थानीय पर्यावरणीय सन्तुलन बिग्रने खतरा रहेको स्थानिय रविन्द्र विकले बताए ।
आगलागी नियन्त्रण गर्न कठिन भएकाले स्थानीयले डिविजन वन कार्यालय बझाङ, सशस्त्र प्रहरीसँग सहयोगको अपिल गरेका छन्। उनीहरूले आगलागी नियन्त्रणका लागि थप स्रोतसाधन उपलब्ध गराउन माग गरेका छन् ।
स्थानीयले खबर गरेपछि जिल्लाबाट डिविजन वन कार्यालय बझाङको टीम र शशस्त्र प्रहरीको टोलि उक्त स्थानमा पुगेको छ । टोलिले अहिले आगो नियन्त्रणमा लिएरहेको डिभिजन वनकार्यालय बझाङका निमित कार्यालय प्रमुख जेसन कार्किले बताए ।