विवेकशीलबाट सांसद लडेका पुरुषोत्तम राप्रपामा प्रवेश – Nepal Press

विवेकशीलबाट सांसद लडेका पुरुषोत्तम राप्रपामा प्रवेश

राप्रपामा आउने कसैले कहिल्यै पश्चाताप गर्नु पर्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल आज राप्रपामा प्रवेश गरेका छन् । काठमाडौं १ बाट विगतमा प्रदेश सभामा उम्मेदवार रहेका ढुंगेल आज राप्रपा प्रवेश गरेका हुन्।

राप्रपाको नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध हुने, राप्रपाले अवलम्बन गरेको बाटो बाहेक अर्को बाटोबाट देशको शान्ति, समृद्धि र स्थायित्व असम्भव रहेको निष्कर्षका साथ राप्रपामा समाहित भएको उनले बताए ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे । यस्तै, हिमालय कलेजकी सञ्चालिका तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष संगीता सिलवाल, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील विवेक पंगेनी र चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत समीक्षा अर्याललाई पार्टीको सदस्यता प्रदान गरे ।

राप्रपाले ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा घोषणा गरेर अभियान चलाइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । विभिन्न दलमा क्रियाशील रहेका, विभिन्न क्षेत्र विशेषमा संलग्न रहेकाहरू र स्वतन्त्र रूपमा रहेकालाई समेत अभियानकै रुपमा पार्टीमा जोड्ने काम गरिरहेको भइरहेको उनले बताए ।

नवप्रवेशीलाई पार्टीको विभिन्न संयन्त्रमा आबद्ध गराउने काम भइरहेको उनको भनाइ छ । नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले देश बचाउने र देश बनाउने अभियानमा राप्रपा निरन्तर क्रियाशील रहेको बताए ।

उनले भने, ‘हामी देश बचाएर बनाउने अभियानमा छौं । यो अभियानमा जोडिन जनसमुदायलाई अपील गर्छु । तपाईंहरूले राप्रपाको सदस्य बन्नु जीवनकै उत्कृष्ट कामहरू मध्ये महत्वपूर्ण भयो । राप्रपामा प्रवेश गरेर कसैले पश्चाताप गर्नुपदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर