प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट अझै बढाउनुपर्छ: प्रचण्ड – Nepal Press

प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट अझै बढाउनुपर्छ: प्रचण्ड

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरे।

अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको प्रचण्डले बताए । सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरुको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उनले बताए । विकास निर्माणका कार्यहरुमा सबै एकै ठाउँ भएर मात्र अगाडि बढ्न सकिने उनको भनाइ छ ।

यस्तै मालिका गाउँपालिकाले निर्माण गरेको हेलीप्याड नेपालकै नमूना भएको आफूलाई अनुभूति भएको उनको भनाइ छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको उनले बताए ।

उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याडभन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।

२०७८ भदौ १ गते सम्झौता भई म्याद थपसहित २०८१ पुस १२ गते सम्पन्न गरेको थियो । कूल सात करोड ६७ लाखको लागतमा भवनको निर्माण विकोइ श्रेष्ठ सुनिल समिर जेभीले गरेको थियो । यसका साथै बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको सहिद पार्कको उद्घाटनसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर