राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरी छानबिन गर्न उपसमिति

२०८१ फागुन १ गते १६:५१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरीको छानबिन गर्नका लागि उपसमिति गठन भएको छ ।
बिहीबार बसेको समितिको बैठकले समितिका सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
उपसमितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट दुर्गा राई, नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेकपा (एमाले)बाट मेनुका कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.चन्दा कार्की रहेका समिति सभापति रामहरी खतिवडाले जानकारी दिए ।
उपसमिति समितिमा परेका उजुरी छानबिन गरेर समितिमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर