प्रचण्ड सरकारले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दन शर्माको आरोप
‘हाम्रै नेतृत्वको सरकारले भूकम्पपीडितलाई ५ लाख दिने भन्यो तर त्यो निर्णय कतै भेटिएन, अहिलेको सरकारले एक लाख घटाएर भने पनि कमसेकम पैसा आउने भयो’


रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् ।
माओवादी सशस्त्र युद्ध सुरूको ३०औं वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा नेता शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताएका हुन् ।
शर्माले भने– ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्याएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् । पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए (शक्ति बस्नेत) तर केही भएन । अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।’
पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू शुरूदेखि नै संलग्न रहेको बताए । उनले रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको प्रसंग समेत कोट्याउँदै पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छानाहरू लगाइएको बताए ।
प्रचण्ड जस्तो झुट र फटाहा नेता त देखिएकै छैन अहिलेसम्म । जे पनि हुन्छ भनिदिने ।
सायद यो यौटा टिप्पणी मात्र हैन वास्तविक अनुहार हो प्रचण्डको !!
१. नेपाली जनता कहिले कसको कहिले कसको थिचाइमा परि रहे, तिनको उज्यालो दिन हेर्ने चाहना र आशा जागै रह्यो : अनेक रुपमा तिनको भलाइ गरेन भनेर उफ्री तर कि त ती गलहत्यायिए कि बिके !! \
२. यसै सिलशिलामा नेपाली युवाको इमान्दारिता र लडाकु भावनाको क्यास गरे छट्टु प्रचण्डले !! के के कस्तो कस्तो क्ष्यति भयो त्यो भन्न परेन तर उपलब्धि चाहि के ? प्रचण्ड नामको नवसामन्तको उदय : अरु केहि छ खासमा जनताको लागि भएको ??
३. ‘नेपालमा जनयुद्द गरें’ भनेर जत्ति भने पनि, त्यो वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनको बदनामी र लगभग बिसर्जन गर्ने रुपमा निर्देशित भयो र सकियो : के नेपालको जनयुद्दको उदेश्य भारतको लागि कम्फ़र्टेबल सरकार बनाउने’ भन्ने हुन्छ ?? भयो त्येही, अनि कसरी भयो त्यो नेपालको ‘जनयुद्द’ ?
४. त्येशैले यो बुझ्न जरुरी छ : प्रचण्ड नक्कली हो, प्रचण्डपथ नक्कली हो : योद्दाले साच्चै सम्झेर लडे मरे … तिनको योगदान अविस्मरणीय छ सम्मान छ तिनलाई तर प्रचण्डको त ‘सम्भावनाको खेल’ थियो : ‘३-पट्टे फलास’ जस्तो, ‘३ पासे जुवा’ जस्तो , ‘लुँडो’ जस्तो … उनको कार्यकाल त्येस्तै झेली, जाली त बेइमानी : रियल फेस प्रचण्डको : ‘सकुनी’ स्वरुप सारा देशको लागि !!!