कांग्रेसले थाल्यो स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल – Nepal Press

कांग्रेसले थाल्यो स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल थालेको छ। स्ववियुको निर्वाचन चैत ५ हुँदैछ।

कांग्रेसको सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको हो।

राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन्। उनीहरूले उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल थालेको हो।

छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिएको समितिकी सदस्य गौतमले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर