मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्षमाथि प्रहरीले ज्यादती गरेको भन्दै अनेरास्ववियुको विरोध


काठमाडौं । नेकपा एमालेनिकटको अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकलाई राति मुद्दा हाल्ने भनी धम्क्याउँदै प्रहरीले कुटपिट गरेकोमा ध्यानाकर्षण भएकव जनाएको छ ।
अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै गएराति ७ बजेतिर आफूलाई प्रहरीको प्रतिनिधि बताउँदै फोन गरेर सीएसआईटी (CSIT) को फर्म भर्न भनी बोलाएर उठाएर लगेको जानकारी गराएका छन् ।
प्रकाशलाई दरबारमार्ग वृत्तको प्रहरीले टोखा लगेर विभिन्न आरोपमा मुद्दा लगाउँछु भन्दै धम्की दिँदै नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरेको र वीर अस्पतालमा चेकजाँच गराएर राति २ बजे आफन्तलाई बुझाएको भन्दै प्रहरीको गैरकानूनी धरपकड र ज्यादती निन्दनीय भएको अनेरास्ववियुले जनाएको छ ।
घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारवाही गर्न बडालले माग गरेका छन् । अन्यथा संगठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।