फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन डा. भट्टराईको प्रस्ताव – Nepal Press

फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन डा. भट्टराईको प्रस्ताव

काठमाडौं । पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । शब्दमा जुंगाको लडाई छाड्नुपर्ने उनको सुझाव छ ।

‘जनयुद्ध दिवस’ का विषयमा जारी बादविवादबीच फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले आफ्नो मत अघि सारेका हुन् ।

उनले आजको दिन नेपालको युगान्तकारी जनविद्रोह ९जनयुद्ध० सुरु भएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न थालिएको बताएका छन् ।

‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ,’ भट्टराईले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर