सालपा विकास बैंकले आईपीओ ल्याउने, प्रस्ताव पारित गर्न बोलायो साधारण सभा  – Nepal Press

सालपा विकास बैंकले आईपीओ ल्याउने, प्रस्ताव पारित गर्न बोलायो साधारण सभा 

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै बैंकले १३ औँ साधारण सभा बोलाएको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रयोजनार्थ प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । यसका साथै बैंकले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिने जनाएको छ ।

बैंकको साधारण सभा बैंकले फागुन २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम् फाउन्डेसनको सभाहलमा हुने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर