साँखुमा स्कुल बस दुर्घटना : तीन जनाकाे मृत्यु, ४० घाइते  – Nepal Press

साँखुमा स्कुल बस दुर्घटना : तीन जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका-७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरू तीनै जना विद्यार्थी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरी निरीक्षक नविन चुदालिको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुको नामः

१) फिलिप लामा बर्ष १०

२) प्रजोल थापा बर्ष १०

३) भिम तामाङ बर्ष ११

४) राम पररियार बर्ष १६

५) सुजन मगर बर्ष १६

६) सिरिसा सिवेदि बर्ष १२

७) प्रकाश बम बर्ष १६

८) साधन बिष्ट बर्ष १२

९) आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२) गंगा ज्वति बर्ष ४२

१३) रन्जित थापा बर्ष १३

१४) सुहाना गुभाजु बर्ष १३

१५) श्रिसान्त पौडेल बर्ष १५

१६) कल्पना रेज्मि बर्ष ३२

१७) बिकल्प श्रेष्ठ बर्ष १०

१८) नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ बर्ष १४

२०) निशान्त पौडेल बर्ष १४

२१) सोगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३) अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५

२५) शक्सेस खड्का वर्ष १३

२६) गोमा थापा वर्ष ३७

२७) सनसाइन तामाङ वर्ष १०

२८) निशम राई वर्ष ९

२९) समिर तामाङ वर्ष १५

३०) सन्यम महर्जन वर्ष १९

३१) रितिका खत्री वर्ष १४

३२) जनिस दाहाल वर्ष १२

३३) अभिषेक मोक्तान वर्ष १५

३४) मिनु राई वर्ष १६

३५) रोहन अधिकारी वर्ष १३

३६) सुबिना तामाङ

३७) रोहन अधिकारी

३८) प्रबत दास वर्ष १६

३९) युनिसा थामी वर्ष १५

४०) सुशिला तामाङ

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर