फागुन १ देखि रेन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव – Nepal Press

फागुन १ देखि रेन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव

काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी चाबहिलले रेन साइन्स फेयर आयोजना गर्ने भएको छ ।

फागुन १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधि समेटिने रिलायन्स एजुकेशन नेटवर्कका प्रमुख रवीन्द्रजंग थापाले बताए ।

प्रदर्शनीबाट ५ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा राखिएको थापाले बताए । विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु प्रदर्शनीको प्रमुख उद्देश्य रहेको उनले बताए ।

प्रदर्शनीमा ४९ स्टल रहनेछन् । त्यसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिनेछन् । अन्य विद्यालयस्तरीय विज्ञान प्रदर्शनीहरूका साथै आर्ट प्लानिङ, एचएम स्टल, फेस पेन्टिङ, फुड स्टल र बुक स्टल रहने थापाले बताए ।

प्रदर्शनीका क्रममा कस्तूरी मृगको संरक्षण र दिगो व्यवस्थापन र ‘तितलीहरूको संसार’ शीर्षकमा फोटो ग्यालरी र स्लाइड प्रस्तुति गरिने भएको छ ।

ज्वालामुखी विस्फोटको प्रस्तुति र यसका प्रभावहरूबारे चर्चा गरिने थापाले बताए । त्यसक्रममा स्मार्ट सिंचाइ प्रणालीको प्रदर्शन पनि गरिनेछ ।

रजस्वला चक्रको वैज्ञानिक व्याख्या गर्दै प्रदर्शनीका अवसरमा साहित्यिक अन्तरक्रिया तथा विशेष कार्यक्रमहरू आयोजना गरिनेछ । त्यसअन्तर्गत उपन्यासकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग विशेष अन्तरक्रिया गरिने थापाले बताए ।

प्रदर्शनीको समापनअघि रिलाइन्स सिंगिङ आइडलको पाँचौं सेसनको ग्रान्ड फिनाले हुने उनले बताए । उनका अनुसार प्रदर्शनीका सम्पूर्ण कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *