सरकारमा रहेको लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने – Nepal Press

सरकारमा रहेको लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ ।

अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् ।

यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै सहभागी लोसपाको राष्ट्रियसभामा एक सीट छ ।


प्रतिक्रिया

One thought on “सरकारमा रहेको लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर