तातो पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षक पक्राउ – Nepal Press

तातो पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षक पक्राउ

पोखरा । तनहुँमा तातो पन्यूले विद्यार्थीको गालामा डाम्ने एक शिक्षक पक्राउ परेकी छन् ।

तनहुँ भिमाद नगरपालिका वडा नम्बर ६ शान्तिनगरमा रहेको एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने एक विद्यार्थीको गालामा पन्यूले डाम्ने लेखापाल एवम् शिक्षक ३४ वर्षीया शुस्मा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अनुसन्धानका क्रममा उक्त शिक्षकबाट अन्य दुई जनासमेत पीडित भएको खुल्न आएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । श्रेष्ठलाई पक्राउ गरी बालबालिका बिरूद्धको कसुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर