३ सचिवको सरुवा गर्नेदेखि यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय (सूचीसहित) – Nepal Press

३ सचिवको सरुवा गर्नेदेखि यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय (सूचीसहित)

कैदी बन्दीलाई दिइँदै आएको सजाय माफी मिनाह सम्बन्धी कार्यविधि खारेज

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा‍.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव शर्मालाई आयोगमा सरुवा गरेको हो । अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बैठकले सजाय, माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको छ भने बीमा नियमावली, २०८१ स्वीकृत गरेको पनि जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर