विनावर्षा बबरमहल जलमग्न ! (तस्बिरहरु / भिडिओ) – Nepal Press

विनावर्षा बबरमहल जलमग्न ! (तस्बिरहरु / भिडिओ)

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतकाे पहिलाे तला  नै डुबाएकाे छ  ।

साथै वन परिसर डुबानमा परेको छ । डुबानकाे कारण अदालतकाे सेवा प्रभावित भएकाे छ ।

पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ ।

अहिले सशस्त्र प्रहरी र महानगर नगरप्रहरीको टोलीले डुवानमा परेको उद्धार गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर