सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्विरहरु / भिडिओ)
२०८१ माघ ३० गते १५:२४

काठमाडौं । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै आज काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘विद्यार्थी राजनीति सधैं प्रतिपक्ष’, ‘यो व्यवस्थामा बोल्न पाइन्न र ?’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरे ।
सरकारले सामाजिक सञ्जाल विधेयक अघि बढाएपछि चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया
छाडा र मनपरी लेख्ने बोल्ने अफवाहको खेती गर्नेहरूको पहिचान सहजै हुने भयो अब । अझ कोही बाँकी हुनसक्छन जो अवस्था निहाल्दै माैका छोप्ने दाउ पर्खेर बसेका हुन सक्छन । कम्तिमा पनि यिनिहरू सडकमै उत्रिएर छाडातन्त्रको लागि वकालत गरिरहेकाछन् । धन्न यिनलाइ हामीले विद्यार्थी संगठनका मान्छे भन्न पर्ने बाध्यता भने छ । यस्तालाइ कसरी विद्यार्थी भन्नु ?

मनपरी बोल्न नपाईएला, मान्छेलाई धम्काएर असुल्न नपाईएला भनेर सातो गएछ विधेयकले ।