आईजीपीलाई बोलाएर गृहमन्त्रीको निर्देशन- प्रहरीमाथि हातपात गर्ने जोसुकै भए पनि नछाड्नू – Nepal Press

आईजीपीलाई बोलाएर गृहमन्त्रीको निर्देशन- प्रहरीमाथि हातपात गर्ने जोसुकै भए पनि नछाड्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा प्रहरी प्रमुख वसन्त कुँवरसहित उच्चपदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

गृहमन्त्री लेखकले मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘घटनामा जोसुकै संलग्न भए पनि कानूनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु । समाजमा शान्ति सुरक्षामा खलल पु¥याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु ।’


प्रतिक्रिया

One thought on “आईजीपीलाई बोलाएर गृहमन्त्रीको निर्देशन- प्रहरीमाथि हातपात गर्ने जोसुकै भए पनि नछाड्नू

  1. गृहमन्त्रीले मेरा नजिकलाइ भने पहिले नै चिन्नु नि फेरि भन्न चाँही भ्याए कि भ्याएनन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर